
काठमाडौं ।
इंडोनेसियामा उत्तरी सुमात्रा राज्यस्थित एक लाइटर कारखानामा शुक्रबार दिउँसो आगलागी हुँदा ३० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा तीनजना बालबालिका रहेको त्यहाँको स्थानीय पत्रिका जकार्तापोस्टले उल्लेख गरेको छ । सबै व्यक्ति कारखानाभित्र थुनिएको र त्यहाँबाट निस्कने बाटो नभएकाले उनीहरु सबैको मृत्यु भएको हो ।
अहिले ३० वटै शवलाई बाहिर निकालिएको छ भने पोस्टमार्टमको लागि अस्पताल पठाइएको छ । प्रहरीले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको पत्रिकाले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।
कारखाना छेउका एक स्थानीयको बयानअनुसार शुरुमा कारखानाबाट ठूलो आवाज आएको थियो । त्यसपछि एक्कासी आगलागी भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै जकार्ता पोस्टेले लेखेको छ । आगलागी भएको स्थान भित्री गल्लीमा भएकोले दमकलको कुनै काम नआएको समाचारमा लेखिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।