शनिबार, साउन ९ २०८३
ताजा अपडेट

गुठी विधेयक फिर्ता लिने प्रक्रिया अघि बढिसक्योः मन्त्री अर्याल


  • शुक्रबार, असार ६ २०७६
23.4K
SHARES

६ असार, काठमाडौं ।
भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा अर्यालले गुठीसम्बन्धी विधेयक फिर्ता लिने प्रक्रिया अघि बढेको बताएकी छन् ।

प्रतिनिधिसभामा शुक्रबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले हिजो मन्त्रिपरिषदले निर्णय गरेर फिर्ता लिने प्रक्रिया सुरु गरिसकेको उनले बताइन् । ‘सरकारले हिजोमात्रै निर्णय गरेर राष्ट्रियसभाका निम्ति प्रक्रिया अगाडि बढिसकेको छ’ मन्त्री अर्यालले भनिन् ।

गुठी जग्गाका किसानको हक स्थापित गर्ने र धार्मिक मूल्य, मान्यता र परम्परा कायम राख्ने, यसमा देखिएका विसंगति अन्त्य गर्ने गरी सरकार अघि बढे पनि अहिलेका लागि उक्त प्रक्रिया स्थगित गर्नुपर्ने अवस्था आएको मन्त्री अर्यालले बताइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा