शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नवलपरासीमा लागुऔषध सहित दुई जना पक्राउ


  • शुक्रबार, असार ६ २०७६
24.2K
SHARES

असार ६, नवलपुर । 

नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट पदैल आउदै गरेका दुई जनालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा रामग्राम नगरपालिका वडा नं.३ बस्ने २५ वर्षे लक्षु लोहार र रामग्राम नगरपालिका वडा नं.८ बस्ने ३८वर्षे राकेश कुवार भने बुद्ध देब दत्त रहेका छन् ।

 

उनीहरुलाई चोकजाचको क्रममा बुद्ध देव दत्त बोकेको पहेलो रंगको झोला भित्र ३ वटा प्लाष्टिकमा लुकाई राखेको अवस्थामा डाइजापाम, फेनारगन र बुफ्रिनोफिन २र२ एम.एल.को एक सयका दरले ३०० एम्पुल लागु औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

दुवैलाई “लागु औषध नियन्त्रण ऐन २०३३” बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको बताईएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा