
असार ६, नवलपुर ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत चोरमारामा बस अनियन्त्रित भई पल्टदा बसमा सवार ९ जना घाइते भएका छन् ।
घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार दाङबाट काठमाडौंको लागि छुटेको ना ६ ख ३५७२ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो । चोरमारा बजारदेखि पूर्व पट्टि उकालो कटेपछिको मोडमा बस सडकबाट बाहिर गएको हो । घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।
घाइते मध्ये दाङका ६५ बर्षीया अमृकादेवी रेग्मी गम्भीर घाइते भएका छन् । त्यसैगरी दुर्घटनामा परी बुटवलका २० बर्षीय अमिर विक, कपिलवस्ुतका १९ बर्षीय बालकृष्ण बुढा मगर, दाङका ७० बर्षीय बामदेव रेग्मी, नवलपरासीको कावासोति ३ निवासी ३० बर्षीय सरस्वती श्रेष्ठ, प्रगतिनगर १० निवासी २५ बर्षीय संगिता श्रेष्ठ, ३ बर्षीय सुमन श्रेष्ठ, बर्दघाट ३ निवासी २८ बर्षीया पवित्रा घले र २८ बर्षीया सुरज थापा घाइते भएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।