शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

रेशमलाल चौधरी अस्पताल भर्ना


  • शुक्रबार, असार ६ २०७६
32.8K
SHARES

फाइल तस्विर

स्वास्थ्यमा समस्या देखिएपछि सासंद रेशमलाल चौधरी अस्पताल भर्ना भएका छन् । टीकापुर हत्याकाण्डमा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भई जेल जीवन बिताईरहेका सांसद रेशमलाल चौधरीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट निवाचित सासंद चौधरीको फोक्सो र बोनम्यारोमा समस्या देखिएका पछि उनलाई काठमाण्डौको वीर अस्पताल भर्ना गरिएको हो । केहि दिनदेखी निरन्तर उपचार र चेकजाच गराईरहेका चौधरीलाई बिहीबार स्वाश फेर्न र हिँड्न कठिनाई भएपछि अस्पताल भर्ना गरिएको उनका आफन्तले बताएका छन् ।

उनको केही दिन अस्पतालमै उपचार हुने भएको छ । २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो । उनी १५ महिनादेखि काठमाण्डौको डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका थिए । अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा