शनिबार, साउन ३० २०८३
ताजा अपडेट

धादिङमा जीप दुर्घटना, चार जनाको मृत्यु


  • शुक्रबार, असार ६ २०७६
23.1K
SHARES

धादिङमा बोलेरो जीप दुर्घटना हुदाँ चार जनाको घटनास्थलमै मृत्यु भएको छ। गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा दुर्घटना भएको हो। दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ। जीप माथिल्लो सडकबाट पल्टेर २० मिटर तल तल्लो सडकसम्म आइपुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार तरकारी बिक्री गर्न बजार झरेका किसानहरु चढेको जीप दुर्घटनामा परेको हो । मृतक र घाइतेको सनाखत भइसकेको छैन । घाइतेहरुको अहिले उद्धार गरी विभिन्न अस्पतालमा पठाउने क्रम जारी छ। प्रहरीको टोली घटनास्थलमा पुग्दै छ। थप विवरण आउन बाँकी रहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा