काठमाडौँ — चलचित्रको व्यंग्यात्मक समीक्षा गर्दा पक्राउ परेका प्रनेश गौतम आइतबार अपराह्न साधारण तारिखमा रिहा भएका छन् ।
‘स्ट्यान्ड अप कमेडियन’ का रूपमा परिचित गौतमविरुद्ध प्रहरीले शुक्रबार जिल्ला अदालत काठमाडौंमा साइबर क्राइम ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो । जिल्ला अदालत काठमाडौंले मुद्दामाथि थुनछेक बहस गर्दै आइतबार गौतमलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो ।
प्रहरीले चलचित्र ‘वीर विक्रम–२’ को व्यंग्यात्मक समीक्षा गरेकामा साइबर क्राइम ऐनअन्तर्गत गौतमलाई जेठ २५ मा पक्राउ गरेको थियो । गौतमले युट्युब च्यानल मिम नेपालमा चलचित्रको भिडियो समीक्षा गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।