शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भारतमा लुक्दै आएका हत्यारा १९ वर्षपछि पक्राउ


  • मंगलबार, जेष्ठ २८ २०७६
22.7K
SHARES

१९ वर्षदेखि प्रहरीको असफल अनुसन्धानको सूचीमा रहेको राजधानीको एउटा हत्याकाण्ड सुल्झिएको छ । भक्तपुरको कटुञ्जेमा तत्कालीन डिएफओकी श्रीमती विजयश्वरी प्रजापतिको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको छ । ४४ वर्षीय देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार सार्वजनिक गरेको हो ।

अधिकारी त्यसवेला प्रजापतिकै घरमा काम गर्दथे । तलबको विषयमा विवाद हुँदा चक्कुले हानेर उनले विजयश्वरीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि आठतोला सुन, ६ हजार नगद र चार हजार रुपैयाँ पर्ने ज्याकेट लिएर उनी भागेका थिए । त्यसयता उनी भारतमा लुक्दै आएका थिए ।

‘गृह मन्त्रालयकै अनुमति लिएर हामी उनलाई खोज्दै मुम्बई पुगेका थियौँ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा सिआइबीका निर्देशक डिआइजी नीरज शाहीले भने, ‘महिनौँको मिहिनेतपछि उनलाई पक्राउ गर्न सफल भएका हौँ ।’ अधिकारीलाई बेलहिया नाकाबाट पक्राउ गरिएको सिआइबीले जनाएपछि मुम्बईबाटै पक्राउ गरी ल्याएको प्रहरी स्रोत बताउँछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा