शनिबार, साउन ३० २०८३
ताजा अपडेट

पुल नहुँदा खोलामा डुब्यो यातायातमन्त्रीको गाडी


  • सोमबार, जेष्ठ २७ २०७६
31.1K
SHARES

स्याङ्जा ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ ।

अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा मन्त्रीको गाडी डुबेको हो ।

सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबेको हो । मन्त्री महासेठलाई सुरक्षाकर्मीले उद्दार गरेका थिए ।

खोलामा डुबेको गाडीको इन्जिन नै सिन भएको छ र क्रेनको सहयोगमा बाहिर निकालिएको छ । मन्त्री भने अर्को गाडीमा फर्किएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा