शनिबार, साउन ९ २०८३
ताजा अपडेट

युएफा नेसन्स लिग फुटबलको उपाधि पोर्चुगलले जित्यो


  • सोमबार, जेष्ठ २७ २०७६
26K
SHARES

काठमाडौं ।

नेदरल्यान्ड्सलाई हराउँदै पोर्चुगलले युएफा नेसन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको पोर्टोमा गएराति भएको खेल जित्दै पोर्चुगल नयाँ ढाँचाको युरोपियन फुटबल प्रतियोगिताको पहिलो च्याम्पियन बन्यो ।

फाइनल खेलमा युवा टोली नेदरल्याण्ड्सलाई १–० ले पराजित गर्न गोन्कालो गुएडेसले निर्णायक गोल गरे ।

योसँगै क्रिश्चियानो रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई दोस्रो अन्तर्राष्ट्रिय उपाधि दिलाएका छन् ।

रोनाल्डोकै कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोकप फुटबलको उपाधि जितेको थियो ।

युएफा नेसन्स लिग फुटबल प्रतियोगितामा इङ्ल्याण्डले तेस्रो स्थान हासिल गरेको छ ।

गएराति नै भएको प्ले–अफमा स्विजरल्याण्डलाई सडन डेथमा हराउँदै इङ्ल्याण्डले तेस्रो स्थान हासिल गरेको हो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पोर्चुगलका बर्नार्डो सिल्भा घोषित भए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा