शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

जोशीको फाइल खोज्दै अख्तियार


  • सोमबार, जेष्ठ २७ २०७६
29.1K
SHARES

सर्वोच्च अदालतको आदेश अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोविन्दराज जोशीसँग सम्बन्धित मुद्दाको मिसिल खोज्ने कार्यलाई तीव्रता दिएको छ ।

अख्तियारले केही उच्च अधिकारीको प्रत्यक्ष निगरानीमा फाइल खोजी कार्य अगाडि बढाएको हो । फाइलबारे पूर्व कर्मचारीसँग समेत अख्तियारले सोधपुछ गर्ने तयारी गरेको छ ।

जेठ २३ गते सर्वोच्चले १५ दिनभित्र मिसिल पठाउन आदेश गरेको थियो । पाँच वर्षसम्म पनि मिसिल प्राप्त नभएको भन्दै अदालतले अख्तियार सचिवलाई अदालतको अपहेलनामा कारबाही किन नगर्ने भन्दै जवाफ समेत माग गरेको थियो । जवाफ पेससँगै फाइल पनि पेस गर्न आदेश दिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा