कपिलवस्तु-कपिलवस्तुको सिद्धार्थ क्याम्पसस्थित बुङ्ची टोल नजीकै एक व्यक्तिले श्रीमतीलाई इँटाले हिर्काएर हत्या गरेका छन् । अत्यधिक मादक पदार्थ सेवन गरेर अपराह्न ४ बजेतिर आएका श्रीमान्लाई सामान्य गाली गर्न थालेकी श्रीमतीले सोही कारण ज्यान गुमाएकी हुन् ।
वाणगङ्गा १ बुङ्चीकी ३९ वर्षीया गीता चौधरीको ४९ वर्षीय श्रीमान् अगमानले हत्या गरेको अभियोग लगाइएको हो । आज अपराह्न ४ः३० बजे भएको घटनाको खबर पाउनासाथ तत्काल पुगेको प्रहरीले घाइतेलाई एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल बुटवल पठाए पनि साँझ पौने ७ बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता देवेन्द्रकुमार पाण्डेले जानकारी दिए । अभियुक्त अगमानलाई प्रहरीले हिरासतमा राखेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।