काठमाडौं– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले केही दिनअघि एक पत्रकारलाई दिएको अभिव्यक्तिले सञ्चार जगतमा चोट परेको भन्दै आत्मआलोचना गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै मेयर चौधरीले आत्मआलोचना गरेका हुन् ।
मेयर चौधरीले आफ्नो पत्रकार सञ्चार जगतप्रति चोट पुर्याउने कुनै मनसाय नरहेको समेत स्पष्ट पारेका छन् । उनले इटहरी उपहमहानगरपालिका समेत प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको जनाएका छन् । केही दिनअघि मेयर चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट धम्की दिएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।