काठमाण्डौ ।
सिनामंगल गैह्रिगाउँमा रहेका एभरेष्ट वल्र्ड स्कूलको आयोजनामा ‘एभरेष्ट वल्र्ड क्रिकेट लिग’ र ‘एभरेष्ट वल्र्ड स्टार’को घोषणा गरिएको छ ।
शनिबार स्कूलको प्रांगणमा एक कार्यक्रमको आयोजना गर्दै उक्त घोषणा गरिएको हो ।
सामाजिक अभियान्ता एवं हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) को प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, विद्यालयका सिईओ सर्जन बिसी, प्रिन्सिपल प्रो.डा. जिबराज पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
विद्यालय स्तरको क्रिकेट खेलको आकर्षणलाई केन्द्रविन्दुमा राख्दै एभरेष्ट वल्र्ड क्रिकेट लिगको आयोजना गर्न लागिएको सिईओ बिसीले कार्यक्रममा बोल्दै जानकारी गराएका थिए । लिग दशै तिहारको विचमा आयोजना गरिने बताएका छन् ।
विद्यार्थीहरुको विभिन्न प्रतिभाको उजागर तथा उत्कृष्ट विद्यार्थीहरुको सम्मानका लागि ‘एभरेष्ट वल्र्ड स्टार’को पनि उक्त अवसरमा घोषणा गरिएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै पूर्व विज्ञान तथा प्रविधिमन्त्री शाहले खेल आयोजनाका लागि शुभकामना व्यक्त गर्दै आफ्नो पुर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रमुख अतिथि एवं सामाजिक अभियान्ता एवं हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले खेल आयोजनाका लागि विद्यालयलाई शुभकामना व्यक्त गरेका थिए ।
सोही घोषणा कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले एभरेष्ट वल्र्ड स्कूलका प्रिन्सिपल डा. जिबराज पोखरेलसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।