२६ जेठ, काठमाडौँ ।
सिनामंगल, गैह्रिगाउँमा रहेको काठमाडौँ विनायक शिक्षालय (के भी एस) को आयोजनामा ‘प्रथम केभीएस फुटबल लिग’ सम्पन्न भएको छ ।
१० दिनसम्म सानो गौचरण फुटबल ग्राउण्डमा चलेको केभीएस फुटबल लिग शनिबार सम्पन्न भएको हो ।
यस्तै शनिबार भएको फाइनल खेलमा चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीलाई मध्यवानेश्वर, कात्यानी चोकमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग स्कूलले निर्धारित ६० मिनेटको समयमा १–३ गोल अन्तरले पराजित गर्दै ‘प्रथम केभीएस फुटबल लिग’ को उपाधि पाएको छ ।
गौरव महर्जन, विकास साउद र कुशल थापाले पिस प्वाइन्टको तर्फबाट गोल गर्दै उपाधि रक्षा गरेका हुन् भने प्राक्सिसको तर्फबाट लाक्पा लामाले एक गोल गरेको थिए ।
प्राक्सिसका पेम्वा शेर्पा म्यान अफ द म्याच भएका छन् । यस्तै प्राक्सिसकै सुजित योञ्जन म्यान अफ द सिरिज, पायोनियरका करण तामाङ सर्वाधिक गोलकर्ता, प्रस्फुटन स्कूलका सोहन श्रेष्ठ उत्कृष्ट गोलरक्षक, एजीएम स्कूलका रञ्जन यादव उत्कृष्ट डिफेन्स र एलेक्जर एकेडेमीका अशोक तामाङ एमर्जिङ्ग प्लेअर घोषित भएका छन् ।
शनिबार नै विजयी टिमलाई क्रमस प्रथम, द्धितीय र सेमिफाइनलिष्ट दुई टिम (पायोनियर पब्लिक स्कूल र शुभ युग स्कूल) लाई ५० हजार, ३० हजार र १०/१० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
यस्तै विभिन्न विधामा उत्कृष्ट ठहरियका खेलाडिहरुलाई ट्रफी प्रदान गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाको प्रमुख आतिथ्यतामा गरिएको उक्त समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेसनल प्याब्सन काठमाडौँका कोषाध्यक्ष श्याम योञ्जन, प्रतियोगिताको प्रायोजन संस्थाका प्रतिनिधि, सहभागि विद्यालयका प्रिन्सिपल एवं प्रतिनिधि लगायत शिक्षा र खेलकुदसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा के भी एसमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुती समेत दिएका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले काठमाडौँ विनायक शिक्षालय (के भी एस) का फाउण्डर, प्रिन्सिपल सम्झना लामासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।