शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

कहाँबाट आयो गायिका आनीको खातामा १५ करोड रुपैया ?


  • शुक्रबार, जेष्ठ २४ २०७६
29.5K
SHARES

फाइल तस्विर

फाइल तस्विर

काठमाडौं ।

मेगा बैंक नेपाल लिमिटेडले गायिका आनि छोइङको नाममा शंकास्पद रुपमा १५ करोड रुपैयाँ आएपछि उक्त रकम रोक्का गरिदिएको छ ।
आनी छोइङले विदेशबाट ल्याएको उक्त रकमको स्रोत देखाउन नसकेपछि नेपाल राष्ट्र बैंक समेतलाई जानकारी दिई मेगाले उक्त रकम रोक्का गरिदिएको हो । स्रोतका अनुसार आनीले हङकङको ’एसेट म्यानेजमेन्ट कम्पनी’मा कार्यरत एक व्यक्तिबाट अमेरिकी डलर १५ लाख अर्थात् नेपाली रुपैयाँ झण्डै १५ करोड रुपैयाँ शंकास्पदरुपमा भित्र्याएकी थिइन् ।

तर उक्त रकमको कहीँ कतैबाट स्रोत नखुलेपछि मेगाले आनीको नाउँमा आएको उक्त रकमको बारेमा नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइलाई जानकारी दिएको थियो । आनीको नाउँमा झण्डै एक वर्षअघि यसरी रकम आएको भए पनि अहिले उक्त रकम फुकुवा गर्न राजनीतिक एवं सरकारको उच्च तहबाट नै चौतर्फी दबाब आएपछि उक्त रकमको स्रोतको बारेमा अनुसन्धान जारी रहेको राष्ट्र बैंकले स्रोतले बताएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा