शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

ज्ञानेन्द्र शाही रिहा भए


  • शुक्रबार, जेष्ठ २४ २०७६
25.4K
SHARES

फाइल तस्विर

काठमाडौँ ।
भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही आज रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै शाहीलाई सर्वोच्च अदालतलेई रिहा गर्न आदेश दिएको छ ।

भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका शाहीले गालीगलोज गर्दै पत्रकारहरुलाई ‘दलाल र कुकुर’ भनेका थिए । त्यसपछि सुर्खेतका पत्रकारहरुको उजुरीका आधारमा शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको थियो ।

शाहीलाई पक्राउ गरेर काठमाण्डु ल्याइएपछि उनको तर्फबाट अधिवक्ता महेश डंगोलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए ।

प्रहरीले शाहीलाई सुर्खेतबाट पक्राउ गरी बसमा राखेर यातना दिँदै ल्याएको आरोप लागेको थियो । उनको केही दिन वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा