शनिबार, साउन ९ २०८३
ताजा अपडेट

राउटे भेट्न टिकट !


  • शुक्रबार, जेष्ठ २४ २०७६
27.5K
SHARES

फाइल तस्विर

बस्ती छिर्न टिकट ! सुन्दा अनौठो लाग्न सक्छ । हो, दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि यस्तो व्यवस्था गरेको छ । राउटे जंगलमा फिरन्ते जीवन बिताउँदै आएको समुदाय हो । योे समुदायको छुट्टै भाषा र संस्कृति छ ।

सामाजिक रूपान्तरणको चरणमा रहेका राउटे समुदायको बस्तीमा पुग्नेको संख्या बढेपछि गाउँपालिकाले यसलाई पर्यटन व्यवसायका रूपमा अगाडि बढाउने तयारी गरेको छ ।

‘राउटेलाई हेर्न आउनेको संख्या बढ्दो छ। जथाभाबी प्रवेश गर्ने भीडले राउटेको संस्कृति हराउने खतरा छ’, गाउँपालिकाका अध्यक्ष खेमराज वली भन्छन्, ‘हामीले राउटे समुदायलाई रूपान्तरण गर्दछौँ ।  राउटे बस्तीमा छिर्दा टिकट काट्नुपर्छ ।’ टिकट व्यवस्थाले राउटे बस्तीमा जथाभाबी प्रवेश गर्ने प्रवृत्ति नियन्त्रण हुने र आम्दानी पनि हुने गाउँपालिकाको दाबी छ । टिकटबाट संकलित रकम राउटेको उत्थान र संरक्षणमा लगानी गरिनेछ ।

हाल राउटे बस्तीमा सहयोगका नाममा पुग्नेको लर्को लाग्ने गरेको छ । टिकट शुल्कबारे भने छलफल भइरहेको अध्यक्ष वलीले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा ललितबहादुर बुढाले लेखेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा