काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११ संगको सहकार्यमा कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका विद्यार्थीहरुले वृक्षारोपन गरेका छन् ।
बिहिबार विश्व वातावरण दिवसको अवसरमा वडा नम्वर ११ को वडा कार्यलय परिसर र बंगलामुखी मन्दिर परिसरमा विद्यार्थीहरुले बृक्षारोपन गरेका हुन् ।
वृक्षारोपन कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११ का कार्यवाहक अध्यक्ष एवं वडा सदस्य विनोद तामाङ, विद्यालयका अध्यक्ष निम्तो शेर्पा, प्रिन्सिपल शक्तिराज नेपाल, स्थानीय समाजसेवी, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
बिहान ११ः ३० देखि दिउसो १ बजेसम्म चलेको उक्त वृक्षारोपन कार्यक्रममा लगभग १०० जति विरुवालाई रोपिएको अध्यक्ष शेर्पाले बताउनु भयो । वातावरण दिवस हिजो भए पनि उक्त दिन सार्वजनिक विदा परेको हुँदा बिहिबार वृक्षारोपन गरिएको अध्यक्ष शेर्पा भन्नुहुन्छ ।
सोही वृक्षारोपन कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका प्रिन्सिपल शक्तिराज नेपालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।