शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मोटरसाइकल दुर्घटनामा घाइते महिलाको मृत्यु


  • बिहिबार, जेष्ठ २३ २०७६
16.7K
SHARES

फाइल तस्विर

वीरगञ्ज ।

पर्साको पोखरीया नगरपालिकामा मोटरसाइकल दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु भएको छ ।

जेठ २२ गते दिउँसो पर्साको पोखरिया नगरपालिका ९ बैरियामा ना ११ प २१८१ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते भएकी बिन्दवासिनी गाउँपालिका १ कि २१ बर्षिया प्रभावती देवीको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि बसेर सवार प्रभावती देवी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् । उनलाई नारायणी अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि नेशनल मेडिकल कलेज लगिएको थियो ।

बिहीबार बिहान १ बजेतिर उनलाई अस्पतालले मृत घोषित गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

मोटरसाइकल चालक प्रभावतीको श्रीमान २७ वर्षका नितेश सहनीको अवस्था सामान्य छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा