
राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले महोत्तरीको जलेश्वरमा रहेको प्रदेश नम्बर २ को लोकसेवा आयोगको कार्यालय घेराउ गरेको छ । लोकसेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै कार्यालय घेराउ गरेको हो ।
लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्त विपरीत रहेको भन्दै राजपा निकट राष्ट्रिय विद्यार्थी संघले सरकार र आयोग विरुद्ध नारावाजी गर्दै कार्यालय घेराउ गरेको राष्ट्रिय विद्यार्थी संघका महासचिव रंजित निस्पक्षले जनाए ।
लोक सेवा आयोगले जारी गरेको विज्ञापन तत्काल खारेज गर्न संघका अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुले माग गरे । लोकसेवा आयोगले असमावेशी बिज्ञापन खारेज नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।उक्त कार्यक्रममा रास्ट्रीय विद्यार्थी संघका नेता मनोज साह, दिनेश यादव, रोशन साह लगायतको उपस्थिति थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।