शनिबार, साउन ३० २०८३
ताजा अपडेट

विप्लवका नेताले दिए राजीनामा


  • बिहिबार, जेष्ठ २३ २०७६
20.4K
SHARES

तस्विरः फाइल

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक नेताले राजीनामा दिएका छन् । पार्टीले लिएको ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि बाधक भएको भन्दै सप्तरी जिल्ला ३ नं एरिया इञ्चार्ज छिन्नमस्ता गाउँपालिका–१ का ४० वर्षीय तेजनारायण यादव ‘रञ्जित’ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएको बताएका छन् ।

सरकारले लिएको वार्ता र संवादबाट सबै समस्याको हल हुन्छ भन्ने नीतिअन्तर्गत पार्टी वार्तामा नआउनु देश र जनताका लागि घातक सिद्ध हुने भन्दै प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हतियार सबै समस्याको हल नभएको हुँदा २०७३ सालदेखि नेकपा विप्लवको ३ नं एरिया इञ्चार्जको पदमा कामकाज गर्दै आएकामा आजैको मितिदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिई स्वतन्त्र नेपाली नागरिकका रुपमा जीवनयापन गर्न चाहेको छु ।’ अब उप्रान्त उक्त पार्टीसँग आफ्नो कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध नरहने समेत प्रेस विज्ञप्तिमा जनाइएको छ ।

नेकपा विप्लवले लिएको ध्वंशात्मक गतिविधि, आन्तरिक कलह, मधेश एवम् मधेशीलाई हेर्ने दृष्टिकोण अस्पष्ट भएका कारण राजीनामा दिनु परेको उनले बताएका छन् ।

रञ्जित तत्कालीन नेकपा माओवादीको जनयुद्धमा समेत संलग्न रहेका थिए । अब उप्रान्त आफू कुनै पनि पार्टीमा आबद्ध नहुने तथा घरपरिवार चलाउन योग्यताअनुसारको पेशामा लाग्नेसमेत उनले प्रतिक्रिया दिएका छन् ।

ध्वंशात्मक गतिविधि गर्दै जनधनको क्षति गर्न थालेपछि सरकारले ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । पार्टी प्रतिबन्धपछि सप्तरी प्रहरीले विप्लव समूहका एरिया इञ्चार्ज ‘रञ्जित’ लाई चैत ११ गते पक्राउ गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा