
काठमाडौँ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँको आयोजनामा यस वर्षको ‘जिल्लास्तरिय अन्तरविद्यालय क्विज कन्टेस्ट’ जेठ ३० गतेदेखि सुरु हुने भएको छ ।

२ दिनसम्म चल्ने उक्त क्विज कन्टेस्ट चाबहिलमा रहेको भि.एस. कलेजको हलमा सञ्चालन गरिने बताईएको छ ।

नेसनल प्याब्सन काठमाडौँमा आवद्ध विद्यालयहरुको सहभागिता रहने क्विज कन्टेस्टमा एक विद्यालयबाट २ टिमसम्म सहभागि हुन पाउने व्यवस्था राखिएको प्रतियोगिताका संयोजक राजन श्रेष्ठले बताए ।

विजयी विद्यार्थीहरुलाई ट्रफी, प्रमाण–पत्र प्रदान गरिनेछ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।