शनिबार, साउन ३० २०८३
ताजा अपडेट

बलात्कार गरेको आरोपमा युवक पक्राउ


  • मंगलबार, जेष्ठ २१ २०७६
24.2K
SHARES

सुनसरी — बालिका बलात्कार गरेर फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुस्मा नगरपालिका–१८ बस्ने २१ वर्षीय सरोज चपाई रहेका छन् । चपाईले आफूलाई नवीन क्षेत्री र कृष्णप्रसाद चापागाईँ भनेर पनि चिनाउने गरेका छन् ।
आरोपित चपाईले गत चैत २५ गते राति धरान बस्ने १४ वर्षीया बालिकालाई ललाइ फकाई गरेर धरान–१९ स्थित एनबी होटेलमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार गरेर फरार रहेका सरोज विरुद्ध बालिकाको अभिभावकले धरानस्थित इलाका प्रहरी कार्यालय लिखित किटानी उजुरी दिएपछि खोजी जारी राखिएको थियो ।
प्रहरीका अनुसार सरोजलाई जेठ २० गते धरान १९ चौकीबारीमा लुकेर बसेको बेला पक्राउ गरी थप अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा