राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ । चिनियाँ निर्माण कम्पनी गेजुवा सम्पर्कविहीन भएपछि अन्योल सिर्जना भएको हो ।
यो आयोजना बनाउन सरकारले आगामी वर्ष १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । हाल मुआब्जा वितरण गर्ने कार्य भइरहेको यो आयोजना निर्माण गर्न सरकारले बिना प्रतिस्पर्धा उक्त कम्पनीलाई दिएको थियो । तर, यो निर्माण कम्पनी अहिले सरकारकै सम्पर्कमा छैन ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले आफैं बनाउने निर्णय गरेको बूढीगण्डकी आयोजनालाई गत असोजमा केपी ओली नेतृत्वको सरकारले बिना प्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजु बास्कोटाले लेखेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।