शनिबार, साउन ३० २०८३
ताजा अपडेट

बिहेको निम्तोमै उमेर खुलाउनुपर्ने


  • सोमबार, जेष्ठ २० २०७६
21.6K
SHARES

सिन्धुलीमा जति गरे पनि बालविवाह कम भएन । वाक्क भएका सबै स्थानीय तहले मिलेर नयाँ उपाय निकालेका छन्– ‘बिहेको निम्तोपत्रमा बेहुला–बेहुलीको उमेर खुलाउनुपर्ने । ’ सिन्धुली बाल विवाहमुक्त जिल्ला बन्न सक्दो प्रयासमा छ ।

‘बाल बिवाहले कानुनी र सामाजिक रूपमै जटिलता ल्याउने थाहा हुँदाहुँदै उमेर ढाँटेर विवाह गर्ने चलन बढेको छ’, मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले भने, ‘यस्तो गैरकानुनी कार्य रोक्न दुलाहा र दुलहीको उमेर २० वर्ष पूरा भयो या भएन भन्ने प्रस्ट हुने गरी निम्तोमै खुलाउन भनिएको हो ।’

कार्डमै उमेर ढाँट्ने हिम्मत सकेसम्म कसैले नगर्ने स्थानीय तहहरूले अपेक्षा गरेका छन् । यसका लागि एउटा नारासमेत बनाइएको छ, ‘सिन्धुलीभरि हल्ला छ, २० वर्षपछि विवाह गर्ने सल्लाह छ ।’ गएको ६ महिनामा जिल्लामा परिवारको दबाबमा हुन लागेका दुई दर्जनभन्दा बढी बाल विवाह बाल क्लब तथा किशोरी सञ्जालले रोकेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजन गाउँलेले लेखेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा