जानकी मन्दिरको नाममा नेपालमा रहेका जग्गा अतिक्रमणमा परेको घटना सार्वजनिक भएसँगै मन्दिरको नाममा भारतमा रहेको जग्गासमेत गायब भएको पाइएको छ ।
जानकी मन्दिरको नाममा भारतको मोहनपुरमा रहेको १५१ बिघा जग्गा गायब भएको प्रमाण राजधानीलाई प्राप्त भएको छ । तर त्यो जग्गाको वस्तुस्थितिबारे सरोकारवाला सरकारी निकाय बेखबर छन् ।
सम्बन्धित निकायले छानबिन गरी यसको यथार्थता पत्ता लगाउन नसक्दा जग्गाको अवस्थाबारे पत्ता लाग्न नसकेको हो । यो समाचार आजको राजधानी दैनिकमा केशव प्रसाद पाण्डेले लेखेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।