शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द


  • शुक्रबार, जेष्ठ १७ २०७६
21.4K
SHARES

अत्यधिक गर्मी बढेपछि वेदकोट नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा एक साताका लागि बिदा दिने निर्णय गरेको छ ।

बढ्दो गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जान समस्या भएसँगै नगरपालिकाले बिदा दिने निर्णय गरेको हो । नगरप्रमुख अशोककुमार चन्दले गर्मीकै कारण विद्यार्थी बिरामी पर्ने र बेहोस हुन थालेको जानकारी आएपछि जेठ १७ गते देखि २४ गतेसम्मका लागि बिदा दिने निर्णय गरेको जानकारी दिए ।

विद्यालयको वार्षिकरुपमा उपलव्ध हुने बिदाबाट मिलान गर्ने गरी बिदा दिइएको उनले बताए । यसैगरी, भीमदत्त नगरपालिकाको शिक्षा समितिको शुक्रबार बसेको बैठकले समेत यही जेठ १९ देखि २४ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा