शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रधानमन्त्री ओली स्वदेश फिर्ता


  • शुक्रबार, जेष्ठ १७ २०७६
27K
SHARES

१७ जेठ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ स्वदेश फर्किएका छन् ।

नवनिर्वाचित भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली विहीबार दिल्ली गएका थिए । मोदीको सपथमा पाकिस्तानबाहेक साना छिमेकी देश सरकार प्रमुखहरुलाई निम्त्याइएको थियो ।

प्रधानममन्त्री ओली र भारतीय समकक्षी मोदीवीच शुक्रबार बिहान द्वीपक्षीय भेटवार्ता भएको थियो । भेटका अवसरमा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्षको माला उपहार दिएका थिए ।

स्वदेश फर्कने क्रममा विमानस्थलमा प्रधानमन्त्री ओलीले सधैंजस्तो विशिष्ट कक्षमा पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिएनन् । उनी पत्रकारहरुसँग नबोली बालुवाटारतर्फ लागे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा