१६ जेठ, काठमाडौँ ।
‘विद्यालयहरुसँगको सुमधुर सम्बन्ध निर्माण गर्दै प्रतिभाशाली खेलाडीको उत्पादन’ भन्ने नारा सहित काठमाडौको गैरीगाउँ, सिनामंगलमा रहेको काठमाडौँ विनायक शिक्षालय (के भी एस) को आयोजनामा अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता ‘प्रथम केभीएस सुपर लिग’ सुरु भएको छ ।
बुधबार सानो गौचरण ग्राउण्डमा उद्घाटन कार्यक्रम गर्दै ‘प्रथम केभीएस सुपर लिग’ सुरु गरिएको हो ।
उद्घाटन कार्यक्रममा नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष गेन्द्र लामा, प्रिन्सिपल सम्झना लामा एवं विद्यालय टिम, माफका अध्यक्ष राजन आचार्य, नेसनल प्याब्सन काठमाडौँका कोषाध्यक्ष श्याम योन्जन, अर्किड पब्लिक स्कूलका अध्यक्ष प्रेम भुजेल, प्याब्सक कोषाध्यक्ष एवं नेसनल प्याब्सन काठमाडौँका सदस्य राजन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले मार्च पासद्धारा उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए ।
प्रतियोगीतामा १६ विधालयको सहभागीता रहेको छ र सहभागी टिमलाई ४ समुहमा विभाजन गरि समुह चरणमा लिग र सो पश्चात नकआउट चरणबाट प्रतिष्पर्धा गराईने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजयी प्रथम, द्धितीय र तृतीय टिमलाई क्रमस नगद पचास हजार, तीस हजार र दश दश हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगीताका सम्पुर्ण खेलहरु नेशनल रेफ्री र एन्फाका रेफ्रीहरुले संचालन गरेका छन् ।
१० दिन सम्म चल्ने प्रतियोगितामा ७ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
प्रथम केभीएस कपले विधार्थीहरुको चौतर्फी विकासमा सहयोगीहुने र देशका लागी योग्य खेलाडी उत्पादनमा सहयोग पुुर्याउने उदेश्यले प्रतियोगीता आयोजना गरिएको के भी एसका प्रिन्सिपल सम्झना लामाले जानकारी दिनुभयो ।
सोही प्रतियोगितामा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले केभीएसका फाउण्डर, प्रिन्सिपल सम्झना लामासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडयो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।