शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कप्तानबाट हटे नेइमार


  • बुधबार, जेष्ठ १५ २०७६
29.4K
SHARES

नेइमारलाई ब्राजिल टोलीको कप्तानबाट हटाइएको छ । कोपा अमेरिका कपको तयारीमा रहेको ब्राजिलका प्रशिक्षक टिटेले रक्षक ड्याली आल्भेसलाई कप्तानको जिम्मेवारी दिएका छन् ।

प्रशिक्षणकै क्रममा मंगलबार राति नेइमार घाइते समेत भएका छन् । उनको घुँडामा चोट लागेको छ । सामान्य चोट लागेका नेइमार जुन १४ बाट सुरु हुने कोपा अमेरिका कप  खेल्ने सक्ने बताईएको छ ।

रुस विश्वकपमा टोलीको कप्तान रहेका नेइमारले त्यसपछि मैदानमा अनुशासनहिन कार्य गर्दै आएको भन्दै प्रशिक्षक टिटेले उनलाई हटाएका हुन् । नेइमार र आल्भेस दुवै पेरिस सेन्ट जर्मन (पिएसजी) बाट खेल्छन् ।

आल्भेसले यसअघि पनि ब्राजीलको कप्तानी गरेका थिए । कोपा अमेरिकामा ब्राजील समूह ‘ए’ मा परेको छ । यस समूहमा ब्राजिलसँगै बोलिभिया, भेनेजुएला र पेरु छन् । कोपा अघि ब्राजिलले कतार र होन्डुरससँग मैत्रीपूर्ण खेल खेल्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा