
भोजपुर ।
जिल्लामा एक महिलाले आफ्नो ३ वर्षीय छोराको हत्या गरेकी छन् । रामप्रसाद राई गाउँपालिकाको बासिखोरा घर भई हाल भोजपुर नगरपालिका ९ पानीट्याङकी बस्ने २५ वर्षीय सम्झना थापाले आफ्नै छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएकी हुन् । स्थानीय बासिन्दाले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।