
१३ जेठ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ ले आइतबार काठमाडौंमा भएको बम विष्फोटमा परेर आफ्ना ३ जना नेता कार्यकर्ताको निधन भएको स्वीकार गरेको छ । सोमबार पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गरी सो घटनामा ३ जनाको निधन भएको बताएका हुन् ।
विज्ञप्तिमा विष्फोटमा परेर पार्टी जनमुक्ति सेना र जवसका कमाण्डर महान, पार्टी कार्यकर्ताद्धय प्रज्वल शाही र निरन्तरको निधन भएको जनाइएको छ ।
विज्ञप्तिमा सोमबार आह्वान गरिएको नेपाल बन्द पूर्ण रुपमा सफल भएको दाबी गरिएको छ । विज्ञप्तिमा राज्य आतंक, जनदमन र राष्ट्रघातका विरुद्ध सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु, देशभक्त र लोकतान्त्रिक शक्तिहरुलाई एकताबद्ध भएर संघर्षमा अघि बढ्न विशेष आह्वान समेत गरिएको छ । सो पार्टीले गत जेठ ७ गते भोजपुर र खोटाङको सीमानामा पार्टी सदस्य तिर्थराज घिमिरेको हत्याको विरोधमा सोमबार नेपाल बन्दको आह्वान गरेको थियो ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।