शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कुलमानले गरे अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको निरीक्षण


  • सोमबार, जेष्ठ १३ २०७६
28.3K
SHARES

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका धुर्मुुसलाई भेट्न नेपाल विधुत प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङ रंगशाला निर्माण स्थल चितवन भरतपुर पुगेका छन् । उज्यालो अभियानका अभियान्ता कुलमान पुगेपछि धुर्मुसले ठुुलो ढाडस महशुस गरेका थिए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् ।

 

धुर्मस सुन्तली फाउण्डेशनको पहलमा निर्माण अघि बढेको रंगशालास्थल भरतपुर महानगरपालिका १५ मा पुगेका प्रमुख कार्यकारी निर्देशक घिसिङले निर्माण प्रगतिको बारेमा जानकारी लिए ।

 

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रंगशाला निर्माणका बारेमा घिसिङलाई जानकारी गराएका थिए । अध्यक्ष कट्टेलले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनुअघिका कामहरु सबै तीब्र गतिमा अघि बढाइएको जानकारी दिए । रंगशाला निर्माणस्थलको कम्पाउण्ड घेर्ने, गोदाम तथा आवास भवन निर्माण, रंगशालास्थलमा भएका रुखहरु हटाउने, जरा उखेल्ने, ग्रेडिङ गरेर सम्याउने, डीपीआर लगायतका कामहरु अघि बढिरहेको जानकारी कट्टेलले घिसिङलाई गराए ।

रंगशालास्थल निरीक्षणपछि कुरा गर्दै विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक घिसिङले अन्र्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणमा सवै नेपालीहरूले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताए । घिसिङले रंगशाला निर्माणस्थलको छनोट उपयुक्त रहेको भन्दैं तोकिएकै समयभित्र रंगशाला निर्माणको काम सकेर जनतालाई खुसीको सञ्चार गराउन निर्माण पक्षलाई आग्रह गरे ।

रंगशाला निर्माणका लागि आवश्यक पर्ने विद्युत, ट्रान्सफर्मर, सव स्टेशन निर्माणमा प्राधिकरणले खुल्ला हृ्रदयका साथ सहयोग गर्ने वचन घिसिङले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई दिए । रंगशालाको पुरा डीपीआर आएपछि काम गर्न अझै सजिलो हुने भन्दैं कार्यकारी प्रमुख घिसिङले नआत्तिन कट्टेललाई ढाडस दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा