
१३ जेठ, हेटौंडा ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीको कोगटेखोला नजिक गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएकाे छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
बाग्मतीकाे पानी प्रयाेग गरी बिधुत उत्पादनकाे तयारीमा रहेकाे सिस्नेेेरीमा रहेकाे माण्डु हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजनास्थलतर्फ जाँदै गरेको ना ७ ख ९३२६ नम्बरको लहरी ट्रकले ११ हजार भोल्टेजको हाइटेन्सन लाइनमा छुँदा ट्रकमा करेन्ट सर्ट भएको थियो ।
सर्ट भएकाे करेन्ट लागेर सिन्धुलीको तीन पाटन-९ बस्ने चालक २८ वर्षको वीरबहादुर मगर र नुवाकोटको बेलकोटगढी गाउँपालिका-७ का ३५ वर्षीय विशाल तामाङको मृत्यु भएकाेे मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
घटनामा तीन पाटन-९ बस्ने २५ वर्षीय गोपाल रामुनी र दाङ घर भइ ललितपुर बस्ने ४५ वर्षीय महेश बस्नेत गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौं लगिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।