शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

सांसदहरुलाई १० करोड दिनुपर्छः देवेन्द्र पौडेल


  • सोमबार, जेष्ठ १३ २०७६
25.9K
SHARES

१३ जेठ, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सांसदहरुका लागि १० करोड बजेट छुट्याउनु पर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पौडेलले भने, ‘बरु सरकारले बजेटको निगरानी गरोस्, हामीले एउटा नोट पनि देख्नु नपरोस, तर दश करोड सांसदहरुलाई दिनुपर्छ ।’

सांसदहरुले ठग्नको लागि नभइ जनताका माग सम्बोधन गर्नका लागि १० करोड मागेको भन्दै ‘सांसदहरुको नाक’ जोगाउनको लागि पनि दश करोड बजेट दिनुपर्ने जिकिर गरे ।

प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरुलाई बराबरी बजेट तय गरिनुपर्ने उनको भनाइ छ । ‘निर्वाचित र समानुपातिक दुवैलाई बराबरी दिनुपर्छ । म सांसदलाई १० करोड दिनुपर्छ भन्ने पक्षमा छु,’ नेता पौडेलले भने ।

तर, कसैले बेइमानी गर्छ भने कडा कारबाही गर्नुपर्ने उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा