
१३ जेठ, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा वक्तृत्वकला प्रतियोगिता जेठ १५ गते हुने भएको छ ।
चाबहिलमा रहेको भि.एस. कलेजमा गरिने उक्त वक्तृत्वकला प्रतियोगितामा छात्र र छात्रा दुवैको प्रतियोगिता हुने प्याब्सकका कोषाध्यक्ष राजन श्रेष्ठले बताए ।
‘संघीय गणतन्त्र नेपाल र अबको बाटो’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिनेछ । जसमा एउटा विद्यालयबाट १ छात्र र १ छात्राले सहभागी हुन पाउने छन् ।
विजयी विद्यार्थीलाई ट्रफी, प्रमाण–पत्र प्रदान गरिनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।