
९ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालय बन्द गराउने पक्षमा सरकार नरहेको बताएका छन् ।
निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित हुने भन्दै प्रधानमन्त्री ओलीले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्था गरेपछि निजी क्षेत्रका विद्यालय आफै बन्द हुने बताए ।
काठमाडौंमा बिहीबारदेखि सुरु भएको हिसान शैक्षिक मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको स्तर माथि उठाएपछि निजीमा पढाउन बालबालिकालाई कसैले नलिने बताए ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई शिक्षामा लगानी बढाउन पनि आहृवान गरे । शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले गरेको लगानी पर्याप्त नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।