शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भिएस कलेजका विद्यार्थीहरुको २ दिने क्लोज क्याम्प सम्पन्न


  • बिहिबार, जेष्ठ ९ २०७६
25.4K
SHARES

काठमाण्डौँ ।
चाबहिलमा रहेको विनायक सिद्ध कलेज (भिएस कलेज) ले २ दिने क्लोज क्याम्प सम्पन्न गरेको छ ।
विद्यार्थीहरूको चौतर्फी विकास होस् भन्ने उदेश्यका साथ सिन्धुपाल्चोक स्थित नेशनल माउन्ट भ्यू रिसोर्टमा क्याम संचालन गरिएको कलेजका प्रशासन प्रमुख नारायण बहादुर थापाले बताएका छन् ।
कार्यक्रममा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका हैबुङ्ग वडा नम्वर ३ का वडाध्यक्ष बसन्त गुरूङ्ग, न्यू लाइफ नेपालका अध्यक्ष राजन खनाल, ठकुरी संजाल समाजका अध्यक्ष एवं जोनी जेन्टल मेन चलचित्रका प्रोडुसर अजय मल्ल ठकुरी, विद्यार्थी लगायतहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बक्ताहरूले कलेजले बिद्यार्थीहरूको चौतर्फी विकासका लागि पठन पाठनसँगै यस किसिमको कृयाकलापहरू आगामी दिनहरूमा पनि संचालन हुनुपर्ने कुरामा जोड दिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा