
हेटौडा ।
टोखा नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको विकासमा प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चासो दिएका छन् ।
बैशाख ३ गते हेटौडामा टोखा नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुसंगको भेटमा चासो व्यक्त गरेका हुन् ।

जनप्रतिनिधिहरुसंग कुराकानी गर्दै मुख्यमन्त्री पौडेलले जनताले प्रत्यक्ष परिवर्तनको अनुभुत गर्न सक्ने खालका योजनाहरुमा प्रदेश सरकारले पुर्ण रुपमा सहयोग गर्ने बताएका थिए । साना परियोजना भन्दा उत्पादन एवं रोजगार मुलक योजनाहरु लिएर आउन समेत आग्रह गरेका थिए ।

प्रदेश नम्वर ३ का प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजनमा तय गरिएको उक्त मुख्यमन्त्री पौडेलसंगको भेटमा टोखा नगरपालिकाका २, ३, ४, ५ ,६, ७ का वडाअध्यक्षहरु र बूढानिलकण्ठ नगरपालिकाका ४, ५, ६ का वडाअध्यक्षहरु सहभागि भएका थिए ।
प्रदेश ३ को बजेट भाषणको पुर्वाद्र्धमा गरिएको उक्त भेट वार्ताले स्थानिय तहको समस्या र चुनौतीहरुलाई प्रदेश सरकारले मनन् गर्ने विश्वास स्थानिय तहका जनप्रतिनिधीहरुले लिएका छन ।
भेटमा बोल्दै प्रदेशसभा सदस्य दीपक निरौलाले प्रदेश सरकारसंग पनि श्रोतको कमि छ तर योजना तर्जुमा गर्दा वा प्रदेश सरकारसंग बजेट माग गर्दा स्थानिय तहले उत्पादन मुलक, सिप मुलक परियोजनाहरु निर्माण गर्नु पर्ने अहिलेको आवश्यकता रहेको बताए थिए । प्रदेशमा हुने योजना तर्जुमा लगायत बजेट निर्माणको प्रक्रीयामा स्थानिय तहको भूमिका निक्कै नै महत्व पूर्ण हुने गर्दछ ।
समस्त टोखा नगरपालिकाको तर्फबाट टोखा नगरपालिका वडा नम्वर २ का अध्यक्ष दीपक राज जोशीले नगरपालिकाको एतिहासिकताका बारे जानकारी गराउँदै नगरपालिका भित्र भईरहेका पुर्वाधार बिकास निर्माण र खानेपानी लगायत अन्य समस्याका बारे मुख्य मन्त्री माझ जानकारी गराएका थिए । साथै एतिहासिक टोखा नगरी भ्रमणका लागी समेत आग्रह गरेका थिए ।
बूढानिलकण्ठ नगरपालिकाको तर्फ बाट बूढानिलकण्ठ नगरपालिका वडा नम्वर ६ का अध्यक्ष नबिन केसीले समृद्ध नगरपालिका र वडा निर्माणका निमित्त प्रदेश सरकारले पनि योजना तर्जुमा गरिदिएमा सुनमा सुगन्ध हुने बताउँदै बूढानिलकण्ठ नगरपालिकाको हकमा पुर्वाधार बिकासका लागि ल्याण्ड पुलिङ गरी व्यवस्थित बस्ती निर्माण गर्नु पर्ने लगायत धार्मिक सम्पदा सम्रक्षणको कुरमा प्रदेश सरकारले प्राथमिकतामा राखी सहयोग गर्नु पर्ने धारणा व्यक्त गरेका थिए ।
राजधानिमा बढ्दो सवारी चापलाई कम गर्न बिष्णुमती कोरिडोरको कार्य तत्काल शुरु गर्न बूनपा वडा नम्वर ४ का अध्यक्ष राजु खड्काले मुख्य मन्त्रीलाई ध्यानकर्षण गराएका थिए ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ५ का अध्यक्ष बिजय तामाङले पर्यटन पुर्वाधारका बिषय लगायत बूढानीलकण्ठ नगरपालिका वडा ३ र ५ मा निर्माण हुन गईरहेको ठुलो गाउँ चिसिनी पार्क निर्माणको बिषमा मुख्य मन्त्रिलाइ जानकारी गराएका थिए ।
तस्विर- बिकाश सिंह लामा
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।