काठमाडौं ।
फेसबुक मेसेन्जरमा अश्लील भिडियो तथा फोटो पठाएर यातना दिएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पर्वतको मोदी गाउँपालिका– ६ बस्ने सुरेन्द्र नेपालीले एक युवतीलाई फेसबुकको मेसेन्जरबाट अश्लील भिडियो तथा फोटा पठाएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
एक महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपालीले मेसेन्जरबाटै युवतीसँग यौन प्रस्ताव राखेका थिए । पक्राउ परेका नेपालीलाई पर्वत प्रहरीले काठकमाडौं प्रहरीमा पठाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।