शनिबार, साउन ९ २०८३
ताजा अपडेट

स्वदेश फर्किए प्रधानमन्त्री ओली


  • बुधबार, जेष्ठ १ २०७६
24.4K
SHARES

तस्विरः फाइल

१ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणमा पुरा गरी आज बेलुकी स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतको टोली लिएर वैशाख २६ गते भियतनाम भ्रमणमा निस्केका थिए । भियतनाम भ्रमणमा ओलीले आफ्ना समकक्षीलगायत विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।
भियतनामको भ्रमणपछि ओली त्यतैबाट कम्बोडिया लागेका थिए । कम्बोडिया पनि ओलीले आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै द्विपक्षीय हितबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणलाई प्रधानमन्त्रीले सफल भएको बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा