
काठमाडौँ ।
प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिपमा सहभागि हुन नेपाली खेलाडिहरु बुधबार बंगलदेशको ढाका प्रस्थान गर्ने भएका छन् ।
जेठ ३ देखि ६ गतेसम्म हुने उक्त साउथ एसियन पेसापालो च्याम्पियनसिपका लागि १७ जनाको टोलि ढाका प्रस्थान गर्ने भएका हुन् ।

बैशाख २५ देखि ३१ गतेसम्म खेलाडिहरुका लागि झापामा एक हप्ते ट्रेनिङ्ग रहने सो पश्चात बुधबार ढाकाको यात्रा तय हुने नेपाल पेसापालो संघका उपाध्यक्ष विनय श्रेष्ठले केटिएम खबरलाई बताए । यत्तिबेला नेपाल पेसापालो संघका अध्यक्ष पारसमणि दाहाल एवं कार्यसमिति, पेसापालो खेलाडि, प्रशिक्षक झापामा नै रहेको उपाध्यक्ष श्रेष्ठ भन्छन् ।
खेलाडिको ड्रेसको लागि बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२ ले सहयोग प्रदान गरेको बताइएको छ ।
‘प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप’मा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता रहनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।