बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

केन्द्रीय प्रहरी प्रवक्तामा डीआईजी पोखरेल


  • मंगलबार, बैशाख ३१ २०७६
22.9K
SHARES

काठमाडौं ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी विश्वराज पोखरेललाई दिएका छन् ।

प्रहरी सम्पादन गर्ने जनसरोकारका कामबारे सञ्चारमाध्यममा जानकारी दिन पोखरेललाई प्रवक्ता तोकिएको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनलाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ ।

२७ वैशाखमा एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस गरिएका पोखरेललाई आइतबार खनालले फूली लगाइदिएका थिए । लगत्तै, उनलाई प्रवक्ता तोकिएको हो ।

एसएसपी हुँदा उनले काठमाडौं प्रहरी परिसर, टेकुको सफल नेतृत्व गरिसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा