बुटवल उपमहानगरपालिकाले विभिन्न बहाना गर्दै दुई महिनादेखि नदीजन्य पदार्थ नदिएपछि बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।
सरकारले उच्च प्राथमिकता दिएर बनाउन लागेको यो विमानस्थल अन्तिम चरणमा पुग्न लागेको छ । तर, यसैबेला कच्चा पदार्थ अभावले निर्माण रोकिन पुगेको हो । पछिल्लो समय चिनियाँ ठेकेदार कम्पनीलाई भुक्तानी नदिँदा निर्माण कार्य प्रभावित बनेको छ ।
उपमहानगरपालिकाले नदीजन्य पदार्थ दिन सम्झौता गरी राजस्व समेत बुझिसकेको छ । उपमहानगरपालिकाले चाइनिज कम्पनीलाई आपूर्ति गर्र्ने स्थानीय आपूर्तिकर्ता स्वासम कन्सट्रक्सन प्रालिलाई प्रतिघनमिटर ६ रुपैयाँका दरले १७ हजार सात सय २७ घनमिटर नदीजन्य उत्खनन गर्न दिने सम्झौता गरेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।