शनिबार, साउन ९ २०८३
ताजा अपडेट

च्याम्पियन्स लिगको फाइनल अघि केन ठीक होलान् ?


  • बिहिबार, बैशाख २६ २०७६
26.4K
SHARES

२६ वैशाख, काठमाडौं ।
टोटनहृयामका फरवार्ड हृयारी केनले च्याम्पियन्स लिगको फाइनल अघि आफू फिट हुनेमा विश्वास व्यक्त गरेका छन् ।

बुधबार राति आयाक्सलाई उसैको घरेलु मैदानमा च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा ३-२ गोलअन्तरले पराजित गर्दै अवे गोलको आधारमा टोटनहृयाम फाइनलमा पुगेको थियो । अब फाइनलमा लिभरपुलसँग उपाधिका लागि जुन १ तारिखमा प्रतिस्पर्धा गर्दैछ ।

अप्रिल दोस्रो सातादेखि मैदान बाहिरै रहँदै आएका हृयारी केन च्याम्पियन्स लिगको फाइनलमा भने देखिने लगभग पक्का भएको हो । च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यान्चेस्टर सिटी विरुद्धको खेलमा उनको पैतलामा चोट लागेको थियो ।

केनले उपचार राम्रोसँग भइरहेको कारण छिट्टै खेलमा फर्किने विश्वास लिएका हुन् । उनले भने, ‘उपचार राम्रोसँग भइरहेको छ । अब चाँडै अभ्यास गर्नेछु ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा