२६ बैशाख, काठमाडौँ ।
साँखु– चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका भन्दै आन्दोलरत पक्ष र स्थानीय प्रतिनिधिसहित ठेकदार कम्पनीसँग ६ बुँदे सहमति भएको छ । उक्त सडक खण्डमा कालोपत्र नहुँदा सर्वसाधारण मर्कामा परेको र तत्काल कालोपत्र हुनुपर्ने माग गर्दै बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले आन्दोलको घोषणा गरेका थिए ।

बिहीबार साँझ आन्दोलनरत पक्षसहित काठमाडौं महानगरपालिका वडा नम्बर ६, ठेकेदार कम्पनी युनाइटेड विल्डिर्स, महानगरीय प्रहरी वृत्त बौद्ध र टुसाल युवा क्लबबीच ६ बुँदे सहमति भएको हो ।
बिहीबार पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको थियो ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।