शनिबार, साउन ९ २०८३
ताजा अपडेट

दुई पत्रकार रिहा


  • मंगलबार, बैशाख २४ २०७६
21.7K
SHARES

२४ वैशाख, काठमाडौं ।
अन्तर्राष्ट्रिय समुदाय र कूटनीतिक क्षेत्रको व्यापक दबावपछि म्यानमानरले दुई पत्रकार रिहा गरेको छ ।

राज्यको गोप्यता भंग गरेको आरोपमा जेल परेका पत्रकारद्वय वा लने र क्याव साई मंगलबार रिहा भएको रोयटर्सले जनाएको छ ।

सात वर्षको सजाय सुनाइएका दुवै पत्रकारलाई राष्ट्रपति विन मिन्टले आममाफी दिएका हुन ।

२०१७ डिसेम्बरमा पक्राउ परेका उनीहरू पाँच सय दिन भन्दा बढी जेलमा बसे । रोयटर्समा कार्यरत उनीहरूले १० लाख रोहिंग्या मारिको ‘राखिने’ प्रान्तमा खोजमुलक रिपोर्टिङ गरेका थिए ।

पत्रकार वालेले रिहाइपछि पुनः समाचार कक्षमा गएर पत्रकारितालाई निरन्तरता दिने बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा