शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आनको दोश्रो फुट्सल टुर्नामेन्ट सुरु, प्रथमलाई नगद १ लाख (भिडियो)


  • सोमबार, बैशाख २३ २०७६
29.1K
SHARES

२३ बैशाख, काठमाण्डौ ।
नेपाल विज्ञापन संघ (आन) को आयोजनामा ‘दोश्रो नेपाल आईस आन फुट्सल टुर्नामेन्ट’ सोमबार (आज) बाट सुरु भएको छ ।
सानेपामा रहेको फिल्ड फुट्सलमा उद्घाट कार्यक्रम गर्दै ‘दोश्रो नेपाल आईस आन फुट्सल टुर्नामेन्ट’ औपचारिक सुरु गरिएको हो ।


नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष माधवराज तिमल्सिनाको प्रमुख आतिथ्यतामा गरिएको उक्त उद्घाटन कार्यक्रममा आनका अध्यक्ष रविन्द्र कुमार रिमाल (शशी) एवं आन कार्यसमिति, सञ्चारकर्मी, फुट्सलमा सहभागि खेलाडि एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

३२ टिमको सहभागिता रहेको उक्त फुट्सल टुर्नामेन्ट बैशाख २८ गतेसम्म हुने संयोजक सन्तोष खड्काले बताउनु भयो ।
मिडिया, एजेन्सी र कर्पोरेट हाउसहरु विचको आत्मिय सम्वन्धलाई थप भाईचारा सम्वन्ध कायम गर्न फुट्सल टुर्नामेन्टको आयोजना गरिएको आनका महा–सचिव राजु कुइकेलले बताउनु भयो ।

समुह चरणमा लिग र सो पश्चात नकआउट चरणको खेल हुन बताइएको छ ।

दोश्रो नेपाल आईस फुट्सल टुर्नामेन्टको विजयी टिमलाई प्रथम, द्धितीय, तृतीयलाई क्रमस १ लाख, ७५ हजार, ५० हजार नगद सहित ट्रफी, प्रमाण–प्रदान गरिने अध्यक्ष रविन्द्र कुमार रिमाल (शशी) ले बताउनु भयो ।

सोही फुट्सल टुर्नामेन्टमा केन्द्रिट हुदै केटिएम खबरका लागि श्याम कार्कीले नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष रविन्द्र कुमार रिजाल (शशी) संग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

यस्तै स्थलगत सम्वादमा कुराकानी गर्दै आनका महा–सचिव राजु कुइकेलः

‘दोश्रो नेपाल आईस आन फुट्सल टुर्नामेन्ट’का संयोजक एवं आनका सदस्य सन्तोष खड्कासंग गरिएको स्थलगत कुराकानीः

यस्तो छ खेल तालिकाः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा