शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पायोनियरमा १० दिने हस्तलेखन तालिम आजदेखि सुरु (फोटोफिचर)


  • बिहिबार, बैशाख १९ २०७६
28.7K
SHARES

१९ बैशाख, काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२, कपनमा रहेको पायोनियर पब्लिक स्कुलले आजदेखि १० दिने हस्तलेखन तालिम सुरु गरेको छ ।


विद्यार्थीहरुको हस्तलेखनलाई थप आकर्षण बनाउने उद्देश्य बिहिबार (आज) देखि हस्तलेखन तालिम सुरु गरेको हो ।
प्रशिक्षक प्रविन श्रेष्ठ र टिमले १० दिनसम्म विद्यार्थीहरुलाई तालिम दिने बताइएको छ ।


तालिममा २५० जना विद्यार्थी सहभागि भएका छन् ।


विद्यार्थीको लेखनलाई थप आकर्षण र छिटो बनाउन तालिमको आयोजना गरिएको प्रिन्सिपल राजन श्रेष्ठले बताए । तालिम पश्चात विद्यालयले हस्तलेखन प्रतियोगिताको पनि आयोजना गर्ने श्रेष्ठ भन्छन् ।


तालिम बिहान १० बजेदेखि दिउसो १ बजेसम्म चल्नेछ ।

तस्विरः राम कार्की/KTMKHABAR


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा